


प्रि ओपन सेसनमा बढ्यो नेप्से

काठमाडाैं – अघिल्लो कारोबार दिन अर्थात सोमबार ४७.०७ अंक बढेर २१४४.१६ विन्दु बन्द भएको नेप्से, यस दिन सो सेसनमा ३.५२ अंक बढेर २१४७.६९ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.६३ अंक बढेको छ।
मंगलबार प्रि ओपन सेसनमा २८ स्टकको ४ लाख ६९ हजार ९०७ रुपैयाँबराबरको १ हजार २०८ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २० स्टकको मूल्य बढेको छ भने ४ स्टकको मूल्य घटेको छ। बाँकी ४ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

