एकीकृत समाजवादीको सचिवालय बैठक आज पनि


काठमाडौं – सोमबार स्थगित नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक अहिले बिहान ९ बजे बस्ने भएको छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा पुष्पलाल स्मृति प्रतिष्ठानमा शुक्रबारदेखि सुरु भएको बैठकमा नेताहरूले धारणा राख्ने क्रम नसकिएकोले अहिले बिहान ९ बजे पुनः बस्ने गरी सोमबार बैठक स्थगित गरिएको थियो ।

समसामयिक घटनाक्रम, सङ्गठन सुदृढीकरण अभियानको समीक्षा, वैचारिक नीतिमा छलफल केन्द्रित गरिएको बैठकमा आज सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, उपमहासचिवद्वय डा विजय पौडेल र डा गंगालाल तुलाधरले आफ्ना धारणा राखेका थिए ।

पार्टी परित्याग गरी गएका केही नेताको पद रिक्त रहेकाले ती पदहरूमा कसलाई मनोनीत गर्ने विषयमा छलफल गरिने जनाइएको छ ।

प्रतिक्रिया