दक्षिण कोरियाको सुरुङ मार्गमा बाढी पस्दा कार फसे : १३ शव निकालियो


काठमाडौं – दक्षिण कोरियामा बाढीका कारण सुरुङमार्ग पानीले भरिँदा १३ जनाको मृत्यु भएको छ भने धेरै यात्रु फसेका छन् ।

सुरुङबाट अहिलेसम्म १३ जनाको शव उद्धारकर्मीले निकालेको बीबीसीले जनाएको छ । शनिबार राति खोला बगेपछि चेङजु नामको यो सहरको सुरुङ पानीले भरिएको हो ।

बाढीका कारण ६८३ मिटर लामो सुरुङमा धेरै सवारीसाधन फसेका छन् । तीमध्ये धेरैजसो कारमा सवार थिए । यसबाहेक सुरुङमा बस पनि फसेको छ ।

कूल कति मानिस फसेका छन् भन्ने विषयमा आधिकारिक जानकारी दिइएको छैन। दक्षिण कोरियामा पछिल्लो एक साता वर्षा र बाढीका कारण ३९ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया