

रेल चढेर ओलीले भने – पूर्व-पश्चिम रेलमार्गको काम तीव्ररुपमा अगाडि बढाउनुपर्छ

काठमाडाैं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व–पश्चिम रेलमार्गको काम तीव्र गतिमा अगाडि बढाउनु पर्ने बताएका छन् ।
आइतवार भारतको जयनगरदेखि जनकपुरधाम, कुर्था हुँदै पहिलोपटक महोत्तरीमा रेल आएपछि सामाजिक सञ्जालमा पुरानो फोटो शेयर गर्दै उनले यस्तो बताएका हुन् ।
‘नेपालको रेल !! जनकपुर धामको कुर्थादेखि महोत्तरीको भंगहासम्म थप १७ किलोमिटर रेल सेवा विस्तार भएको छ । यसअघि पहिलो चरणमा जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटरमा रेल सेवा सञ्चालन भएको थियो । अब पूर्व–पश्चिम रेल मार्गको काम अझ गतिसाथ अगाडि बढाउनु पर्ने छ’ उनले लेखेका छन्, ’यसबेला रेल सेवा सञ्चालन गर्न विगतमा गरेका कामको सम्झना आइरहेको छ । यस काममा संलग्न सबैलाई धन्यवाद ।’

