गुठीसँग सम्बन्धित् जग्गाहरुको समस्या समाधान गर्न गोकुल बाँस्कोटाको माग


काठमाडौं – प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले गुठीसँग सम्बन्धित् जग्गाहरुमा देखिएको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा बोल्दै उनले देशभर गुठीसँग सम्बन्धी जग्गाहरुमा समस्या रहेकाले तत्काल समाधान गर्न माग गरेका हुन् ।

वर्षौंदेखि जमिन जोतिरहेकाहरुको आफ्नो नाममा जग्गा आउन नसकेकोतर्फ सरकारको ध्यानाकर्षण गराउँदै उनले भने, ‘देशैभरी गुठीसँग सम्बन्धित् समस्या छ । जसले जमिन जोतिरहेको छ, वर्षौदेखि, पुस्तौँ पुस्तादेखि तिनका नाममा बाबु, बराजु सबै बितिसके । आज पनि उनको जमिन दर्ता हुन सकेको छैन ।’

प्रतिक्रिया