सरकारले सहकारी नियमन गर्न शक्तिशाली संस्था स्थापना गर्नुपर्छ : विश्वप्रकाश शर्मा


काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले सहकारी पिडीतको माग पूरा गर्न आग्रह गरेका छन् । उनले प्रतिनिधिसभाको आइतबारको बैठकमा आकस्मिक समयमा बोल्दै केही सहकारीको कमजोरीले अन्य सहकारी पनि आलोचित हुनुपरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको बैठकमा सांसद शर्माले भने, ‘सहकारीकर्मीहरू आन्दोलनमा छन् । केही सहकारीको कमजोरीका कारण देशका सयौं सहकारी आलोचित भएका छन् । सरकारले यसलाई नियमन गर्ने शक्तिशाली संस्थाको परिकल्पना गर्नुपर्ने हो ।’

सांसद शर्माले आन्दोलनमा रहेका सहकारीकर्मीसँग संवाद गरेर माग पूरा गर्न आग्रह गरेका छन् । उनले आन्दोलनमा हस्तक्षेप गर्न नहुने बताए । त्यस्तै, हरेक तीन वर्षमा बढाउनुपर्ने श्रमिकको न्यूनतम ज्याला तोक्न पनि सांसद शर्माले आग्रह गरेका छन् ।

प्रतिक्रिया