

जिलिङको पहिरो नियन्त्रण

‘गल्छी–रसुवागढी’ सडक योजनाको कार्यालयमार्फत विस्तार भइरहेको अन्तर्राष्ट्रिय राजमार्गअन्तर्गत जिलिङमा ‘रड एंकरिङ’ गरेर पहिरो नियन्त्रणको काम गरिँदै ।
सडक निर्माणको क्रममा ठूलो पहिरो गएपछि थप ठेक्कामार्फत ३३ करोड ७३ लाखमा नुवाकोटको जिलिङ र तिरतिरे भीर तथा धादिङको गल्छीमा पहिरो नियन्त्रणको काम भइरहेको छ । तस्वीर : रामहरि न्यौपाने / रासस

