यस्ता एजेन्डासहित आज बस्दै एमाले सचिवालय बैठक


काठमाडौं – नेकपा एमालेको सचिवालय बैठक आज (शनिबार) बस्दैछ ।

महासचिव शंकर पोखरेलको नेतृत्वमा शुक्रबार बसेको केन्द्रीय कार्यालयमा बसेको बैठकले सचिवालय बैठकका एजेण्डा तय समेत गरेको थियो ।

यसपटक धेरै र महत्त्वपूर्ण एजेण्डा नभए पनि नेताहरूको जिम्मेवारी र कार्यक्षेत्रको रिपोर्टिङ, पुष्पलाल स्मृति दिवस मनाउने र त्यसको तयारी तथा समसामयिक राजनीतिक प्रस्तावमाथिको छलफल एजेण्‍डाका रूपमा रहेका छन्।

एमाले केन्द्रीय कार्यालय बैठक महासचिवको उपस्थितिमा बस्ने र उपमहासचिव तथा सचिवहरूको उपस्थिति रहने गर्छ ।

अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बस्ने सो बैठकमा समसमायिक राजनीतिक विकासक्रमका बारेमा छलफल गर्ने तथा आन्तरिक संगठनका निमार्णका बारेमा समीक्षा गर्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् ।

 

प्रतिक्रिया