पाकिस्तानविरुद्ध नेपालको ब्याटिङ ध्वस्त, १६ ओभरमा ७२ रन बनाउँदा ८ विकेट गयो


काठमाडौं – श्रीलंकामा जारी एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कप प्रतियोगितामा नेपालको ब्याटिङ ध्वस्त भएको छ ।

बलियो टोली पाकिस्तान ए विरुद्ध टस जितेर ब्याटिङ गरेको नेपालले १६ ओभरमा ७२ रन बनाउँदा ८  विकेट गुमाइसकेको छ ।

१४ रनमा पहिलो विकेट गुमाएको नेपालले त्यसपछि लगातार विकेट गुमाउँदै गएको छ । नेपालका लागि आरिफ शेखले १२ रन बनाए भने अर्जुन साउदले १७ रन बनाए ।

त्यस्तै कुशल मल्लले १७ रन बनाउँदा गुल्सन झाले १३ रन बनाए । यी बाहेक अन्इ ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेका छैनन् । कप्तान रोहित पौडेल ४ रनमा आउट हुँदा भिम सार्कीले शुन्य रनमा आउट भए । त्यस्तै पवान सराफ १ रनमा आउट हुँदा अहिले सोमपाल कामी र प्रतिस जिसी खेलिरहेका छन् ।

पाकिस्तान एका लागि मोहम्मद वसिम र शाहनवाद दाहानीले ४/४ विकेट लिएका छन् ।

प्रतिक्रिया