सरकारद्वारा ठूलो संख्यामा सचिवको सरुवा, को कहाँ पुगे?


काठमाडौं– ठूलो संख्यामा नेपाल सरकारले विभिन्न सचिवको जिम्मेवारी हेरफेर गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि विभिन्न मन्त्रालय र प्रदेशका प्रमुख सचिवको सरुवा गरिएको हो।

अख्तियारका सचिव सुरेशकुमार अधिकारीलाई निर्वाचन आयोगमा पठाइएको छ। अख्तियारमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव तोयम राय लगिएको छ।

निर्वाचन आयोगकी सचिव देवकुमारी गुरागाईँलाई उपराष्ट्रपतिको कार्यालय र त्यहाँ रहेका केदार न्यौपानेलाई युवा तथा खेलकुद मन्त्रालयमा जिम्मेवारी दिइएको छ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव सुरेश आचार्य नेपाल ट्रस्टको कार्यालय तथा पुननिर्माणमा राष्ट्रिय सतर्कता केन्द्रका सचिव मणिराम गेलाललाई जिम्मेवारी तोकिएको छ। देवेन्द्र कार्कीलाई सतर्कता केन्द्रमा तानिएको छ, उनी नेपाल ट्रष्टमा थिए।

शिक्षा मन्त्रालयमा युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया पुगेका छन् भने गोपीनाथ मैनालीलाई वित्त आयोगमा जिम्मेवारी दिइएको छ।

वित्तका सचिव बेगेन्द्रराज शर्मालाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा लगिएको छ भने त्यहाँ रहेका टेकनारायण पाण्डेलाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा खटाइएको छ।

सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव सूर्यप्रसाद गौतम श्रम मन्त्रालय, प्रदेश १ का प्रमुख सचिव दिनेश भट्टराई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पुगेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय(अतिरिक्त)का सचिव सुमन अर्याल प्रदेश १ का प्रमुख सचिवको जिम्मेवारीमा पुगेका छन्।

वाणिज्य सचिवको जिम्मेवारी लोक सेवा आयोगका अर्जुन पोखरेललाई दिइयो भने आयोगमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्र गुरागाईँ पुगेका छन्। वाणिज्य सचिव वैकुण्ठ अर्याल प्रधानमन्त्री कार्यालयको सचिवको जिम्मेवारीमा पुगेको बताइएको छ।

प्रतिक्रिया