प्रधानमन्त्री भएर होइन, ज्ञानुको बुबा भएर बोलेँ, थोरै भावनामा आएँ – प्रधानमन्त्री


काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा बैठकमा प्रष्टिकरण दिएका छन् ।

आज (सोमबार) बसेको बैठकमा उनले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह दिल्ली धाएको भनेर दिएको अभिव्यक्तिबारे प्रष्टिकरण दिएका हुन् ।

उनले प्रधानमन्त्रीको नभएर एउटा बुबाको हैसियतले बोलेको बताए । उनले भने, ‘प्रधानमन्त्रीको हैसियतले मैले त्यस्तो भाषा नबोल्नुपर्थ्यो । मैले प्रधानमन्त्री भएर होइन, ज्ञानुको बुबा भएर बोलेँ । त्यो सेन्टिमेन्ट सम्झिन पुगेँ । सदासयताका निम्ति धन्यवाद दिन पुगेँ । त्यति त हो कुरा ।’

उनले प्रितम सिंहसँग राजनीतिक सम्बन्ध नभएको पनि प्रस्ट पारे । उनले भने, ‘मेरो उनी सँगै कुनै नेता अथवा प्रधानमन्त्रीको सम्बन्ध पनि छैन । उनीसँग मेरो एउटा बिरामी छोरीलाई सङ्कटमा आश्रय र सहयोग गरेकोमा कृतज्ञ बाबुको सम्बन्ध मात्रै हो ।’

यातायात व्यवसायी प्रितम सिंहसँग पारिवारिक सम्बन्ध रहेको बताउँदै प्रचण्डले २०६८र०६९ सालमा आफ्नी छोरी ज्ञानु दाहाल क्यान्सर भएपछि दिल्ली पुगेका बेला भएको संवाद आफूले स्मरण गरेको बताए।

उनले आफू भावुक भएर बोलेको बताउँदै थपे, ‘सामाजिक सेवा र यातायात मात्रै होइन, राजनीतिमा समेत रुचि राख्नुहुन्छ भनें। त्यही बेलाको कुरा सम्झें। प्रितमजीले भनेको पनि सम्झें। म भावनात्मक छु नै। यही प्रचण्ड भयो, गर्नुहुन्छ केरु’

उनले आफ्नो यति बोलीले आफूले हिजो राष्ट्रको पक्षमा गरेको योगदान वा अखण्डता तथा स्वाधीनकाका लागि गरेको योगदान काटियो रु भन्दै प्रश्न गरे । ‘एउटै भावनात्मक अभिव्यक्तिले सिद्धियो त रु’, प्रचण्डले प्रश्न गरे ।

 

प्रतिक्रिया