


संसद्को गतिरोध खुलाउन प्रचण्डसहित देउवा र ओलीबीच बालुवाटारमा छलफल जारी

काठमाडौँ – संसद गतिरोध हटाउन प्रधानमन्त्री प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल सुरु भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री प्रचण्डसहित देउवा र ओलीबीच छलफल सुरु भएको हो ।
बैठकमा संसदको गतिरोध हटाउने बारेमा निर्णायक छलफल हुँदैछ ।गत आइतबार तीन शीर्ष नेताहरुले संसद खुलाउने विषयमा समझदारी गरेको २ घण्टामै समस्या उल्टिएको थियो ।
प्रधानमन्त्री प्रचण्डले संसदमा प्रष्टीकरण दिएपछि संसद खुलाउने समझदारी भएको थियो । तीन शीर्ष नेताबीच सहमति गरेर संसद भवन बानेश्वर पुगेलगत्तै ओलीले अडान फेरेका थिए ।
ओलीले प्रचण्डलाई फोन गरेर गृहमन्त्री नारायणकाजी श्रेष्ठले सामाजिक सञ्जालमा लेखेको स्टाटसको माफी माग्नुपर्ने र प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले राजीनामा दिनुपर्ने अडान राखेका थिए ।

