कोशी मुख्यमन्त्रीविरुद्ध परेको रिटको सुनुवाई डा. भट्टराईको इजलासमा


काठमाडौं – कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकारबिरुद्ध परेको रिटको सुनुवार्इ न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासमा सुनुवाई हुने भएको छ ।

कोशी प्रदेशका सभामुखको हस्ताक्षरसहित बहुमत पु¥याएर गठन भएको थापा नेतृत्वको सरकार अवैधानिक भन्दै नेकपा एमाले सर्वोच्चमा दायर गरेको रिटमा आज सुनुवाइ हुन लागेको हो । उक्त मुद्दा डा. भट्टराईको एकल इजलासमा १० नम्बरमा परेको छ ।

निष्पक्ष बस्नु पर्ने सभामुखले सरकार निर्माण गर्न र ढाल्न भुमिका खेलेको भन्दै एमालेका तर्फबाट निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले शुक्रबार वारेसमार्फत रिट दर्ता गराएका थिए ।

कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थनमा कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले थापालाई बिहीबार मुख्यमन्त्रीमा नियुक्त गर्दै शुक्रबार पद तथा गोपनीयताको शपथसमेत गराइसकेका छन् । तर, थापाको मुख्यमन्त्रीमा नियुक्तिको विषय सर्वोच्च अदालतमा पुगेको हो ।

प्रतिक्रिया