प्रतिनिधिसभा विघटन रिटमा आजदेखि एमिकस क्युरीको बहस, त्यसपछि फैसला


काठमाडौँ – प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा अदालतका आजदेखि सहयोगी (एमिकस क्युरी)को बहस सुरु हुँदैछ । रिट निवेदक तर्फको जवाफी बहस सोमबार सकिएसँगै आजदेखि एमिकस क्युरीमा आबद्ध ५ अधिवक्ताले बहस गर्ने भएका हुन् ।

एमिकस क्युरीमा नेपाल बारबाट बद्रीबहादुर कार्की, विजयकान्त मैनाली र सतीशकृष्ण खरेल तथा सर्वोच्च अदालत बार एसोसिएसनबाट पूर्णमान शाक्य र गीता पाठक संग्रौला छन् । उनीहरुले उक्त विषयमा अदालतलाई न्याय सम्पादनमा सहयोग पुग्ने उद्देश्यका साथ स्वतन्त्र विचार दिनेछन् । एमिकस क्युरिको रायपछि करिब एक हप्तामा सवोच्च अदालले आफ्नो फैसला सुनाउने कानुन व्यवसायीको अनुमान छ ।

प्रधानमन्त्री केपी ओलीले गत पुस ५ गते संसद विघटन गरेका थिए । उक्त कदम अलोकतान्त्रीक रहसंवैधानिक भन्दै सर्वोच्च अदालतमा १३ वटा रिट परेका छन् । उक्त रिटमाथि झन्डै डेढ महिनादेखि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संबैधानीक इजलासमा सुनुवाइ हुदै आएको छ ।

प्रतिक्रिया