नेपाल बैंकद्वारा ४६ जना कर्मचारी माग, आवेदन दिने आज अन्तिम दिन


काठमाडौँ – नेपाल बैंक लिमिटेडले रिक्त रहेका विभिन्न पदहरू परिपूर्तिका लागि आवेदन खुला गरेको छ ।

बैंकले चौथो तहदेखि छैटौँ तहसम्मका पदहरूका लागि कर्मचारी माग गरेको हो । बैंकले ४६ जना कर्मचारी माग गरेको हो ।

बैंकले खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्न लागेको हो । इच्छुक तथा योग्य नेपाली नागरिकले १ असारदेखि (आज) २१ गतेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

दोब्बर दस्तुर तिरेर थप एक साता असार २८ गतेसम्म आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया