

प्रेस युनियन कैलालीको अध्यक्षमा सिताराम ओझा चयन

धनगढी – नेपाल प्रेस युनियन कैलालीको अध्यक्षमा सीताराम ओझा चयन भएका छन् । मंगलबार धनगढीमा भएको प्रेस युनियनको छठौँ जिल्ला अधिवेशनबाट ओझा अध्यक्ष चयन भएका हुन् ।
प्रेस युनियन कैलालीको उपाध्यक्षमा सुनिल आउजी, महिला उपाध्यक्षमा अनिता चौधरी, सचिवमा शंकर बोहरा, कोषाध्यक्षमा गगन अयडी र सह सचिवमा रमा चन्द चयन भएका छन् । खुल्ला सदस्यमा शेरबहादुर ऐर, रमेश अयडी, राजकुमार साउँद, पदमराज भट्ट, पुस्कर पौडेल र केशबसिँह धामी चयन भएका छन् । महिला सदस्यमा शारदा फुलारा जैशी, यमुना सावद र भगवती सनारा चयन भएका छन् ।
यस्तै आदीवासी जनजातीबाट जीवन चौधरी सदस्य चयन भएका छन् । सौरव राना मदेशीबाट र अल्पसंख्यकबाट विवेक नागरी सदस्य चयन भएका छन् । प्रेस युनियन कैलालीले सर्वसहमतिमा नयाँ नेतृत्व छनौट गरेको हो ।

