विश्वकप छनोटः आयरल्याण्डविरुद्ध नेपालले पहिले ब्याटिङ गर्दै

साताैं स्थानका लागि खेलमा ६ ओभरमा विना कुनै विकेट २१ रन


काठमाडौं – जिम्बावेमा जारी रहेको आइसीसी विश्वकप छनोटको अन्तर्गत सातौं स्थानका हुने खेलमा आयरल्यान्डविरुद्ध नेपालले पहिला ब्याटिङ गरेको छ ।

टस हारेपछि नेपालले हरारेमा रहेको टाकासिंगा स्पोर्टस् क्लब मैदानमा नेपालले पहिला ब्याटिङ गरेको हो ।

आयल्यान्डले टस जितेर बलिङको निर्णय गरेको थियो । नेपालले आयरल्यान्डसँग ओडिआई खेल खेल्न लागेको यो पहिलो अवसर हो ।

आयरल्यान्ड नेपालले ओडिआई खेल्ने तेस्रो टेस्ट मान्यता प्राप्त मुलुक हो ।

नेपालले सातौं स्थानको लागि भएको दोस्रो सेमिफाइनल खेलमा आईतबार युएईलाई हराउँदै आयरल्यान्डसँग भेट पक्का गरेको थियो ।

पहिलो ओडिआई भेटमा नै आयरल्यान्डलाई पराजित गर्ने लक्ष्यमा नेपाल रहेको छ ।

युएईसँगको खेलमा टिममा रहेका प्रतिस जिसी र आरिफ शेख बेन्चमा रहँदा किशोर महतो र कुशल मल्लले मौका पाएका छन् ।

६ ओभरको खेल सकिँदासम्म नेपालले विना कुनै विकेट २१ रन बनाइसकेको छ ।

नेपालको प्लेईङ–११

अर्जुन साउद (विकेटकिपर), कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, भीम सार्की, रोहित पौडेल (कप्तान) , कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुलसन झा, करण केसी, सन्दीप लामिछाने र किशोर महतो

प्रतिक्रिया