राष्ट्रपतिले गरिन् रानीपोखरी उद्घाटन
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरीको उद्घाटन गरेकी छिन् ।
२०७२ सालको भूकम्पपछि भत्किएको रानीपोखरीस्थित मन्दिरको पुनर्निमाण सम्पन्न पछि राष्ट्रपति भण्डारीले बुधबार रानीपोखरीको उद्घाटन गरेकी हुन् । यसअघि २०७२ को माघ २ गते राष्ट्रपति भण्डारीले उक्त मन्दिरसहित पोखरीको शिलान्यास गरेकी थिइन् ।
उद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीको पनि उपस्थिति रहेको थियो ।
यसअघि गुम्बज शैलीमा निर्माण गरिएको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वरको मन्दिर विज्ञहरुको प्रतिवेदनअनुसार प्रताप मल्लको पालामा बनाइएको ग्रन्थकुट ९शिखर० शैलीमा पुनर्निर्माण गरिएको छ ।