


शानदार जितसँगै नेपाल फाइनलमा

काठमाडौं – नेपाल एसीसी मेन्स यू–१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा पुगेको छ ।
सेमिफाइनलमा नेपालले सिंगापुरलाई ९७ रनले हराउँदै उपाधिका लागि मलेशियासँगको भेट पक्का गरेको छ ।
सिंगापुरले ३१.४ ओभरमा ८७ रन बनाउँदा सबै विकेट गुमाएको हो ।
नेपालले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको सिंगापुर ३१ दशमलब ३ ओभरमा ८७ रन बनाउँदै अलआउट भयो।
सिंगापुरका लागि ओपनर रोशन रविचन्द्रनले ३७ बलमा ३ चौका र १ छक्काको सहयोगमा सर्वाधिक २४ रन बनाए । कबिरले १५ बलमा २ चौकाको सहयोगमा ११ रन बनाए ।
सिंगापुरका अन्य १० ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
नेपालका लागि कृतिक कामतले ३ तथा सन्तोष यादव, अभिषेक तिवारी, नरेन भट्ट, प्रतिक पोखरेल र अशोक धामीले समान १/१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाउँदै १ सय ८४ रन बनायो ।
नेपालका ओपनर सुर्यांशु कोईरालाले ४९ बलमा ६ चौकाको सहयोगमा सर्वाधिक ४३ रन बनाए । नेपाललाई ओपनर कोइराला र निरज यादवले पहिलो विकेटका लागि ७० बलमा ६३ रनको साझेदारी गर्दै राम्रो सुरुआत गरेका थिए ।
सूर्यांशु हर्ष वेंकटरामको बलमा रियान नैकबाट क्याच आउट हुन पुगे । निरजले भने ४९ बलमा ३ चौकाको सहयोगमा ४२ रन बनाए ।
पहिलो विकेट गुमाए पछि कुनैपनि ब्याटरले राम्रो साझेदारी गर्न सकेनन् । विकेटकिपर आषिश लुहार ६ रनमै क्याच आउट हुन पुगे । नरेन भट्ट तीन रनमा हरिहरनको बलमा कट एण्ड बोल्ड आउट भए ।
कप्तान अभिषेक तिवारी २१ बलमा १ चौका र १ छक्कासहित २५ रनमा आउट भए । मध्यक्रमका ब्याटर सन्तोष यादव २४ बलमा २ चौकासहित १८ तथा प्रतिक भट्टराई १२ डक आउट भए । दीपु कुमार १२ तथा कृतिक कामत ५ रनमा आउट भए ।
सिंगापुरका हरिहरनले ३ तथा हर्ष वेंकटराम र कबिर समान २२ विकेट लिए ।
जितसँगै नेपालले मंगलबार हुने फाइनल खेलमा स्थान पक्का गरेको छ । अर्को सेमिफाइनलका विजेता मलेसियासँग नेपालले उपाधीका लागि खेल्नेछ ।
पराजित सिंगापुरले भने तेस्रो स्थानका लागि खेल्नेछ । तेस्रो स्थानका लागि मंगलबार नै सिंगापुरले अर्को सेमिफाइनलमा पराजित हङकङसँग खेल्नेछ ।

