यू–१६ क्रिकेटः सेमिफाइनलमा सिंगापुरविरुद्ध ब्याटिङ गर्दै नेपाल


काठमाडौं – मलेसियामा जारी एसीसी मेन्स यू–१६ ईस्ट जोन कपको सेमिफाइनल खेलमा नेपाली टोलीले पहिले ब्याटिङ सुरु गरेको छ ।

११.३ ओभरको खेल सकिँदासम्म नेपालले एक विकेटको क्षतिमा ६३ रन बनाएर खेलिरहेको छ । नेपालका लागि सूर्याशु कोइरालाले ४३ रन बनाएर आउट भएका छन् । निरजकुमार यादवले १६ रन बनाएका छन् ।

सिंगापुरविरुद्ध नेपालका कप्तान अभिषेक तिवारीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

समूह विजेताको रुपमा सेमिफाइनल पुगेको हो । नेपाल सेमिफाइनलमा सिंगापुरलाई पराजित गरि फाइनलमा स्थान बनाउन चाहन्छ ।

सिंगापुर पनि सोहि सोचका साथ मैदान उत्रदै छ । यस खेलको विजेताले अर्को सेमिफाइनल खेलको विजेतासँग मंगलबार खेल्ने छ । अर्को सेमिफाइनल खेलमा हङकङ र मलेसिया खेल्दैछन् ।

 

प्रतिक्रिया