
बेइमानीका लागि रास्वपाको ढोका खुला छैन : रवि लामिछाने
काठमाडाैं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बेइमानीलाई पार्टीमा राख्न नसक्ने बताएका छन् ।
आइतवार गोकर्णेश्वर नगर भेलालाई सम्बोधन गर्दै उनले पार्टीमा प्रवेश गर्नेहरू धेरै भए पनि आफूले अबिर, फूलमाला लगाएर प्रवेश नगराएको बताए । केही स्वार्थीहरू पार्टी प्रवेशका लागि चिहाउँदै गरेको भन्दै उनले इमान नभएकाहरूलाई पार्टीमा स्थान नरहेको बताए ।
उनले स्वार्थका लागि पार्टी प्रवेश गर्न लागेकाहरूलाई पार्टीले नियालिरहेको बताए । ‘यो पार्टीमा सहभागी हुन सबैलाई ढोका खुला छ तर इमान बोकेर आउने साथीहरूलाई मात्रै खुला हो, छातीमा बेइमानी बोकेर आउनेका लागि यो ढोका खुला छैन’, उनले भने ।
सभापति लामिछानेले स्वार्थीहरू प्रवेश गरेर पार्टी कब्जा हुने हो कि भन्ने चिन्ता नलिन शुभेच्छुकहरूलाई आग्रह गरे ।



कागजपत्र |
