

युएईविरुद्ध जितका लागि नेपाललाई १८२ रनको लक्ष्य

काठमाडौं – आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेटको प्लेअफ चरणको आइतबार भएको खेलमा नेपालले संयुक्त अबर इमिरेट्स (यूएई) विरुद्धको खेलमा जितका ला िनेपालले १८२ रनको लक्ष्य पाएको छ ।
टस जितेर पहिले बलिङ रोजेको नेपालले सन्दीप लामिछानेको किफायती बलिङसँगै युएईलाई १८१ रनमा रोकेपछि जितका लागि ५० ओभरमा उक्त लक्ष्य पाएको हो ।
नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा ३ मेडन राख्दै ३ विकेट हात पारेका छन् । त्यस्तै करण केसीले खेलको दोस्रो बलमै विकेट हात पारेर युएईलाई दबाब दिएका थिए । दोस्रो विकेटको लागि राम्रो साझेदारी गरेको युएईका लागि सन्दीपले जोडी छु्ट्याएपछि पारी धर्मरायो ।
नेपालका लागि करण केसीले ३ विकेट हात पारे । उनले ८.५ ओभरमा ३६ रन दिएर विकेट लिए । प्रतीस केसी, गुल्सन झा र दिपेन्द्र सिं ऐरीले १/१ विकेट हात पारे भने युएईका एक ब्याट्सम्यान रनआउट भएका थिए ।
प्रजीतले १० ओभर बलिङ गर्दै ३९ रन दिएर १ विकेट हात पारे । त्यस्तै कुशल भुर्तेलले पनि १ ओभर बलिङ गरे भने आरिफ शेखले ६ ओभर बलिङ गरे ।
युएईका लागि कप्तान भृत्य अविन्दले ४४ रन बनाए भने रोहन मुस्तफाले ३५ रन बनाए । त्यस्तै बसिल हमिदले २९ रन बनाउँदा आर्याश शर्माले २८ रन बनाएका थिए ।

