


भारतको उत्तर प्रदेशमा सडक दुर्घटना : ६ जनाको मृत्यु

लखनउ – भारतको उत्तर प्रदेशमा शुक्रबार बिहान सडक छेउमा पार्क गरिएको ट्रकसँग कार ठोक्किँदा कम्तीमा छ जनाको मृत्यु भएको छ। अन्य दुई जना गम्भीर घाइते भएका छन्।
राज्यको बाँदा जिल्लामा आठ जना यात्रु बोकेको कारले ट्रकलाई ठक्कर दिँदा उक्त दुर्घटना भएको बाँदाका जिल्ला अधिकारी दुर्गा शक्ति नागपालले जानकारी दिएका छन्।
पाँच जनाको घटनास्थलमै ज्यान गएको थियो भने तीन जनालाई सामुदायिक स्वास्थ्य केन्द्रमा लगिएको थियो। उपचारका क्रममा एक जनाको मृत्यु भएको थियो।
बाँकी दुई घाइतेको अवस्था अहिले गम्भीर रहेको र सरकारी अस्पतालमा सारिएको अधिकारीले बताएका छन्।

