


एसीसी मेन्स यू–१६ः समूह विजेताका लागि नेपाल र मलेशिया भिड्दै

काठमाडौं – मलेसियामा जारी एसीसी मेन्स यू–१६ ईस्ट रिजनको दोस्रो खेलमा आज नेपालले मलेसियासँग खेल्दै छ ।
मलेसियाको बांगीमा रहेको बायोमास ओभल क्रिकेट मैदानमा खेल नेपाली समय अनुसार शुक्रबार बिहान सवा ७ मा सुरु हुनेछ।
बुधबार भएको आफ्नो पहिलो खेलमा थाईल्यान्डलाई हराउँदै नेपालले सेमिफाइनलमा स्थान बनाईसकेको छ ।
मंगलबार नै थाईल्यान्डलाई पराजित गरेको मलेसियाले पनि सेमिफाइनलमा स्थान बनाईसकेको छ । नेपालले २ सय २५ तथा मलेसियाले १ सय १८ रनको जित हात पारेका थिए ।
शुक्रबार हुने खेलको विजेता टोली समूह ए को विजेता बन्नेछ । पराजित टोलीले उपविजेताको रुपमा सेमिफाइनलमा स्थान बनाउने छन् ।
समूह बी बाट सिंगापुर र हङकङबीच शुक्रबार नै हुने खेलबाट विजेता र उप विजेताको टुंगो लाग्नेछ ।
सेमिफाइनल खेलमा समूह ए को विजेताले समूह बी को उपविजेतासँग र समूह बी को बिजेताले समूह ए को उपविजेतासँग खेल्नेछ । शनिबार दुवै सेमिफाइनल खेल हुनेछ ।

