कोशी प्रदेशसभाको बैठक राति ८ बजे बस्दै


विराटनगर – कोशी प्रदेशसभाको बैठक आज राति ८ बजे बस्ने भएको छ। कोशी प्रदेशसभा सचिवालयले उक्त जानकारी दिएको छ।

यसअघि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिहान ८ बजेसम्मका लागि बैठक स्थगन गर्न आग्रह गरी सभामुखलाई पत्र पठाएका थिए।

संसद्‌मा उठेका प्रश्नको जवाफ तयार पार्न भन्दै मुख्यमन्त्री बाहिर निस्किएका थिए।

प्रतिक्रिया