सरकारको ६ महिना : उपलब्धि सार्वजनिक, के–के भए काम ? (पूर्णपाठसहित)


काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारका ६ महिनाका उपलब्धि सार्वजनिक गरिएको छ । सरकार ६ महिना गरेको काम ७७ बुँदामा सार्वजनिक गरेको हो ।

७९ पुस ११ गते नियुक्ति भएका प्रधानमन्त्री प्रचण्ड सरकारले असार १० गतेसम्मको कार्यप्रगति सार्वजनिक गरेको छ । सरकारले जिम्मेवारी सम्हालेको ६ महिनाको अवधिमा सामाजिक न्याय, सुशासन र समृद्धिलाई सर्वोपरि लक्ष्यका रूपमा लिँदै विभिन्न नीति, कानून तथा कार्यक्रमहरू कार्यान्वयनमा ल्याउनुका साथै संस्थागत तथा प्रक्रियागत सुधारका कार्यलाई उच्च प्राथमिकताका साथ अघि बढाएको उल्लेख छ।

समावेशी संघीय लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरण, अर्थतन्त्रको पुनरुत्थान र सबलीकरण, सार्वजनिक सेवा प्रवाहमा सुधार र सरलीकरण, नागरिकमैत्री प्रशासनको स्थापना, भष्टाचार नियन्त्रण र राज्यको सबै तहमा सुशासनको प्रवर्द्धन गर्न सरकार प्रयत्नशील रहेको छ ।

यस्तै, विकास निर्माण कार्यलाई गति दिन, शान्ति प्रक्रियालाई यथाशीघ्र तार्किक निष्कर्षमा पुर्याउन तथा स्वतन्त्र र सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्दै राष्ट्रिय हितको अधिकतम रक्षा गर्न सरकार प्रतिबद्ध रहेको जनाएको छ ।

अर्थतन्त्रलाई गतिशील बनाई फराकिलो, दिगो र समावेशी आर्थिक वृद्धि हासिल गर्ने, गुणस्तरीय सामाजिक विकास, सुरक्षा र न्याय प्रत्याभूत गर्ने, समष्टिगत आर्थिक स्थायित्व कायम गर्ने तथा सङ्घीयताको सबलीकरण र सुशासन कायम गर्ने लगायतका उद्देश्यहरू राखी प्रस्तुत गरिएको बजेटबाट मुलुकमा उत्पादन र उत्पादकत्व वृद्धि हुने, देशभित्रै आय तथा रोजगारीका अवसरहरू सिर्जना हुने तथा आर्थिक र सामाजिक पूर्वाधारहरू निर्माण भई उच्च आर्थिक वृद्धिको आधार तयार हुने अपेक्षा लिइएको उल्लेख छ ।

हेर्नुस् ६ महिनाको कामको विवरण

प्रतिक्रिया