

सार्वजनिक बिदाको दिनमा पनि सेवा दिँदै सिन्धुली प्रशासन

सिन्धुली – सार्वजनिक बिदाको दिनमा पनि जिल्ला प्रशासन कार्यालय सिन्धुलीले आफ्नो सेवाहरु सूचारु गर्ने भएको छ।
भोली बिहीबार बकर इद (इल उल अजहा) को दिन सार्वजनिक विदा भए पनि जिल्ला प्रशासन कार्यालय सिन्धुलीको सेवा भने सूचारु हुने बताइएको हो।
प्रमुख जिल्ला अधिकारी सुनिता नेपालद्वारा जारी सूचना अनुसार विदाको दिनपनि कार्यालयबाट नागरिकता, राहादानी र राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवाहरू सूचारु रहनेछन्।
गृहमन्त्रालय बिहीबार देशभरि बकर इदको विदा दिने निर्णय गरेको थियो।

