लिखित जवाफ बोकेर सर्वोच्च पुग्दैछन् चार पूर्व प्रधानन्यायाधीशहरू


काठमाडौं– लिखित जवाफ माग गरेका चार जना पूर्व प्रधानन्यायाधीशहरू सोमबार सर्वोच्च अदालतमा उपस्थित हुने भएका छन्।

प्रतिनिधि सभा विघटनविरूद्ध चार जना न्यायाधीशले संयुक्त वक्तव्य जारी गरेपछि अदालतको अवहेलना भएको मुद्दा परेको थियो। सर्वाेच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको एकल ईजलासले गत १५ माघमा अनुपराज शर्मा, कल्याण श्रेष्ठ, सुशीला कार्की र मीनबहादुर रायमाझीसँग लिखित जवाफ माग गरेको थियो।

चारै जनाले संयुक्त वक्तव्य जारी गर्दै प्रतिनिधिसभाको र सरकारको पनि स्थायित्वको लागि वर्तमान संविधानमा गरिएको महत्वपूर्ण परिवर्तनकारी व्यवस्थाको उपेक्षा गरी विना कुनै अवरोध वा समस्या दण्डित गरी प्रतिनिधिसभा विघटन गर्ने असामान्य राजनीतिक एवं संवैधानिक गतिरोधको रुपमा लिनुपर्ने जनाएका थिए।

कुनै पनि समसामयिक घटना वा परिस्थिति विशेषले संविधानको आधारभूत मूल्य परिवर्तन हुन सक्दैन र दिशा परिवर्तन पनि हुन सक्दैन भन्दै वक्तव्यमा जुनसुकै परिस्थिति उत्पन्न भए पनि संविधान र संविधानवादको अधीनमा रहेर सम्बोधन गर्ने क्षमता रहनु पर्छ भन्ने उनीहरूको धारणा रहेको थियो।

अदालतमा विचाराधिन मुद्दामा यसरी धारणा राख्दै अदालतको मानाहानी गरेको भनी रिट परेको थियो। योसँगै पूर्वसभामुख दमननाथ ढुंगान र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पनि मुद्दा परेको थियो।

प्रतिक्रिया