

साफ च्याम्पियनसिप : पाकिस्तानविरुद्ध नेपालको अग्रता

काठमाडौं । साफ च्याम्पियनसिप प्रथितयोगिता अन्तर्गत आज जारी खेलमा नेपालले पाकिस्तानविरुद्ध अग्रता लिएको छ ।
बैग्लोरस्थित श्री कान्तिरभा स्टेडियममा जारी खेलको दोस्रो हाफ जारी रहँदा आशिष चौधरीको गोलमा नेपालले १-० को अग्रत बनाएको हो ।
खेलको ८० औं मिनेटमा आशिषले डिबक्स बाहिरबाट गरेको प्रहारलाई पाकिस्तानका गोलरक्षकले रोक्नै कुनै मौका पाएनन्। राष्ट्रिय टोलीमा आशिाषको यो डेब्यू गोल हो ।

