लघुवित्तको कार्यालयमा विप्लव नेतृत्वको युवा संगठनले गर्‍यो तालाबन्दी


झापा – नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको नेकपा निकट युवा संगठन नेपालले झापाको दमक-८ स्थित जीवन विकास लघुवित्त संस्थाको शाखा कार्यालयमा तालाबन्दी गरेको छ।

युवा संगठन नेपाल झापाका इन्चार्ज पुकार सीको नेतृत्वमा कालो ब्यानरसहित गएको टोलीले आज दिउँसो लघुवित्तका कर्मचारीलाई बाहिर निकाल्दै तालाबन्दी गरेको छ। साथै उनीहरू लघुवित्त लेखिएको बोर्ड तोडफोड गर्नुका साथै आगजनी समेत गरेको छ।

जीवन विकास लघुवित्त स्थानीयस्तरका ऋणीहरूलाई धम्क्याएको, चरम शोषण गरेको , चर्को ब्याज असुलेको भन्दै पीडितहरूले नेकपासँग गुहारेको माग थिए। सो विषयमा नेकपाका कार्यकर्ताले लघुवित्तका कर्मचारी सो बारेमा ध्यानाकर्षण गराउँदै पटक पटक सम्झाउँदा समेत वित्तीय अराजकता नरोकेकोले तालाबन्दी गरिएको संगठनका इन्चार्ज पुकार सीले जानकारी दिए।

उक्त संस्थाले कयौँ दिदी बहिनीहरूलाई आत्महत्या गर्ने स्थितिमा पुर्‍याएको, समाजमा गुन्डागर्दी शैलीमा आतंक सिर्जना गरेको भन्दै नसच्चिएको खण्डमा थप कारबाही गरिने उनको भनाइ छ। यसअघि नेपाल कम्युनिस्ट पार्टीले मिटरब्याजीको आरोपमा शनिबार बिर्तामोडस्थित बुधबारे हटियामा नवराज विमलीको घर कब्जामा लिएको थियो।

प्रतिक्रिया