

‘हाफ पेन्ट’ लगाएर जिल्ला प्रशासन कार्यालय पुगेपछि…

काभ्रे – जिल्ला प्रशासन कार्यालय काभ्रेले हाफ पेन्ट लगाएका युवकलाई कार्यालय बाहिर निकालेको छ ।
राहदानी बनाउनका लागि प्रशासन कार्यालयभित्र प्रवेश गरेका काभ्रेकै एक युवकलाई प्रहरीले लाइनबाट बाहिर निकालेको थियो ।
यस सम्बन्धमा सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेलसँग अनलाइनन्यूज७ ले कुरा गर्दा उनले सो घटना सत्य भएको बताए । उनले भने, ‘अहिले सिंहदरबारमा पनि हाफ पेन्ट लगाएर प्रवेश गर्न पाइँदैन, त्यसैले यहाँ पनि प्रवेश गर्न नदिइएको हो ।’
बाहिर निकालिएका ती युवकसँग सम्पर्क गर्न खोज्दा भने सम्पर्क हुन सकेन ।

