

नेपाल ल क्याम्पसद्वारा छात्रवृत्तिका लागि दरखास्त आह्वान

काठमाडौँ – नेपाल ल क्याम्पसले छात्रवृत्तिका लागि दरखास्त आह्वान गरेको छ ।
क्याम्पसले आफ्नो स्थापना दिवसको अवसरमा यस क्याम्पसमा सञ्चालित विभिन्न शैक्षिक कार्यक्रमहरूमा अध्ययनरत विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गर्न लागेको हो ।
नारायणप्रसाद देवकोटा छात्रवृत्ति–२०५५, शान्ता थपलिया पारिवारिक कानुन पुरस्कार–२०६१, डा. शकुन्तला उप्रेती छात्रवृत्ति–२०६७, विजयालक्ष्मी छात्रवृत्ति–२०७४ र मकसुदन चौधरी मेमोरियल पुरस्कार २०७५ समेतका छात्रवृत्ति तथा पुरस्कारका लागि योग्यता पुगेका विद्यार्थीले दरखास्त दिन सक्ने क्याम्पसले जनाएको छ ।
छात्रवृत्तिका लागि असार १४ गतेसम्म दरखास्त दिन सकिनेछ । सोको लागि नागरिकताको प्रमाणपत्र, शैक्षिक प्रमाणपत्र तथा चारित्रिक प्रमाणपत्रको प्रमाणित प्रतिलिपिसहित परीक्षा शाखामा निवेदन दिनुपर्नेछ ।
हेर्नुस् सूचना :

