ललितपुरमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रुको मृत्यु


काठमाडौं – ललितपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ ।

ललितपुर महानगरपालिका- ४ बागडोल आकाशेपुलस्थित सडकमा बागमती प्रदेश ०२-०४३ प ६१४५ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री मकवानपुर भिमफेदी गाउँपालिका- २ घर भएका २२ वर्षीय सागर आलेमगरको मृत्यु भएको प्रहरीको भनाइ छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको स्टार अस्पताल सानेपामा उपचारको क्रममा मृत्यु भएको थियो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार २ जनाको पाटन अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया