आईसीसी विश्वकप छनोट : नेपालले गुमायाे पाँचौं विकेट


काठमाडौं – आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा शनिबार नेपालले चिरपरिचित प्रतिद्वन्द्वी नेदरल्यान्ड्सविरुद्धको खेलमा पाँचौं विकेट गुमाएको छ ।

पाँचौं विकेटका रुपमा कुशल मल्ल १२ रन बनाउँदै आउट भएका हुन् । उनलाई आर्यन दत्तले तेजा निदामनुरुमार्फत क्याच गराए । कुशल मल्लले १९ बलको सामना गरी एक चौका हिर्काएका थिए ।

त्यसअघि चौथो विकेटका रुपमा भीम सार्की आउट भएका थिए । भीमको विकेट क्लेइटन फ्लाइडले लिएका हुन् । फ्लोइडले भीमलाई २२ रनमा सारिज अहमदद्वारा क्याच गराए । आउट हुनुअघि भीमले ५६ बलको सामना गरी एक चौका हिर्काएका थिए । भीम आउट हुँदा नेपालले १८.१ ओभरमा ६६ रन बनाएको थियो ।

प्रतिक्रिया