जसपाको केन्द्रिय समिति बैठक बस्दै, मस्यौदा बिधान अनुमोदन गर्ने


काठमाडौं – जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)को आज केन्द्रिय समितिको बैठक बस्दैँछ ।

भोलीदेखी सुरु हुने बिधान अधिवेसनको अन्तिम तयारीका लागि आज केन्द्रिय समिति बैठक बस्न लागेको हो ।

सो पार्टीका प्रवक्ता मनिष सुमनका अनुसार भोलीदेखी नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु हुने बिद्यान अधिवेशनमा प्रस्तुत हुने मस्यौदा बिधानलाई अनुमोदन गर्नका लागि आजको बैठक बस्न लागेको हो । बैठकले केन्द्रिय समितिवाट मस्यौदा बिधान पारित गरे पछि बिद्यान अधिवेसनमा प्रस्तुत हुनेछ ।

बैठकमा केन्द्रीय कमिटीका ४ सय १० सदस्य साथै प्रदेश र जिल्ला कमिटी, भ्रातृ संगठन लगायतबाट देशभरी तथा प्रवाससमेत गरी करिव ८०० प्रतिनिधिहरु सहभागी हुदैँछन । यसरी सहभागी भएका प्रतिनिधिहरुलाई १० वटा समूहमा विभाजन गरेर विधानमाथि छलफल हुनेछ र पारित गर्ने प्रमुख अजेन्डा रहेको छ ।

बिधान अधिवेसनले संघीय परिषद खारेज गरेर पुनः एकल नेतृत्वमा फर्कने गरी तयार पारिएको बिद्यान अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गर्नेछन् ।

प्रतिक्रिया