
हलमा कुनै पनि हिन्दी फिल्म प्रदर्शन नभएपछि फर्कियो नगर प्रहरी
काठमाडौँ – आज शुक्रबार नेपाली फिल्म हलमा कुनै पनि हिन्दी फिल्म प्रदर्शन नभएको पाइएको छ । नयाँ हिन्दी फिल्म नआएको र आदिपुरुष वितरकले नलगाएकोले प्रदर्शनमा नरहेको पाइएको हो ।
हिन्दी फिल्मको प्रदर्शन नभएपछि महानगरपालिकाले हलहरुमा हिमनदी फिल्मको प्रदर्शन रोक्न खटाएको नगर प्रहरी समेत फिर्ता बोलाएको छ । हिजोसम्म हलबाट खटिएको नगर प्रहरी आज बिहानै फर्किएको हो ।
आज कुनैपनि हिन्दी फिल्म रिलिज नभएका कारण हलबाट महानगरले नगर प्रहरी फर्काएको हुनसक्ने चलचित्र संघको अनुमान छ ।
मेयर बालेन शाहले हिन्दी फिल्म आदिपुरुषमा सीताको बारेमा विवादास्पद संवाद राखेको भन्दै सबै हिन्दी फिल्म चलाउन रोक लगाएका थिए । तर उच्च अदालत पाटनले बिहीबार हिन्दी फिल्म नरोक्न अन्तरिम आदेश दिएको थियो । तर काठमाडौँ महानगर प्रमुख बालेन शाहले अदालत र सरकार भारतको गुलाम भएको भन्दै आदेश नमाने अभिव्यक्ति दिएका थिए । आफ्नो अडान कार्यान्वयन लागि शुक्रबार बिहानै बालेनले हलहरुमा नगर प्रहरी परिचालन गरेका थिए । हलहरुमा हिन्दी फिल्मको प्रदर्शन नभएको पाएपछि नगर प्रहरी फर्किएको थियो ।



कागजपत्र |
