जाजरकोटमा माछा मार्ने क्रममा डुबेर दुई जनाको मृत्यु


काठमाडौँ  - जाजरकोटको छेडाखोलामा माछा मार्न गएका दुई जनाको डुबेर मृत्यु भएको छ ।

छेडागाड नगरपालिका–१ मा रहेको छेडाखोलामा माछा मार्ने क्रममा स्थानीय ५० वर्षका नरबहादुर नेपाली र शिवालय गाउँपालिका–९ का ४९ वर्षका धनबहादुर बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

बिहीवार दिउँसो डुबेका दुवै जनाको शव जालमा बेरिएको अवस्थामा भेटिएको थियो ।

प्रतिक्रिया