विश्वकप छनोटमा नेपाल वेस्ट इन्डिजसँग १०१ रनले पराजित


काठमाडाैं – आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगितामा नेपाल वेस्ट इन्डिजसँग पराजित भएको छ । बिहीबार सम्पन्न खेलमा नेपाल दुई पटकको विश्व विजेता वेस्ट इन्डिजसँग १०१ रनले पराजित भएको हो ।

वेस्ट इन्डिजले दिएको ३४० रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ४९.४ ओभरमा अलआउट हुँदै जम्मा २३८ रन बनाउन सक्यो । ब्याटिङमा नेपालका आरिफ शेखले ६३, गुल्सन झाले ४२ रन बनाए । यस्तै रोहित पौडेलले ३०, करन केसी र आसिफ शेखले २८/२८, दीपेन्द्र सिंह ऐरीले २३ रन बनाए ।

अन्य खेलाडीले भने दोहोरो अंक छुन सकेनन् । नेपालको बलिङ ध्वस्त बनाउने क्रममा वेस्ट इन्डिजका ज्यासन होल्डरले सर्वाधिक ३ विकेट लिए । यसअघि वेस्ट इन्डिजले निर्धारित ओभरमा ७ विकेट गुमाएर २ सय ३९ रन बनाएको थियो । ५३ रनमा ३ विकेट गुमाएको वेस्ट इन्डिजलाई शाइ होप र निकोलश पुरनले शतकीय योगदान गर्दै विशाल स्कोरमा पुर्‍याएका थिए ।

कप्तान होप १३२ र पूरन ११५ रन बनाएर आउट भएका थिए । नेपालका लागि ललित राजवंशीले ३ तथा करण केसी, गुल्सन झा, सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले १–१ विकेट लिए । नेपालले योसहित तीन खेल खेल्दा दुईमा हार बेहोरेको छ । यता वेस्टइन्डिजले लगातार दुई खेलमा विजयी भएको छ ।

प्रतिक्रिया