काठमाडौं महानगरको सेवा प्रवाह १६ घण्टामा विस्तार गरिने


काठमाडाैं – काठमाडौं महानगर प्रमुख बालेन शाहले अत्यावश्यक सेवा परिभाषित गरी सेवा प्रवाहलाई १६ घण्टासम्म सञ्चालन गरिने जानकारी दिएका छन् ।

उनका अनुसार कामपाअन्तर्गतका कार्यालयका सबै सेवा प्रवाह विन्दुमा ‘वन स्टप सर्भिस सेन्टर’ स्थापना गरी क्रमिकरूपमा सञ्चालनमा ल्याइनेछ । कामपाको निर्णय प्रक्रियालाई पारदर्शी, सहज, सूचना प्रविधिमैत्री, सेवाग्राहीमैत्री, कुशल एवं प्रभावकारी बनाइनेछ ।

महानगरको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सङ्घ तथा प्रदेशबाट प्राप्त हुने संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम महानगरपालिकाको पूर्वसहमति एवं समन्वयबिना छनोट भएका योजना तथा कार्यक्रम कार्यान्वयन नगरिने व्यवस्था गरिने उल्लेख छ ।

सेवा केन्द्रका रूपमा सेवा प्रवाह गरिरहेका वडा कार्यालयको काम कारबाहीलाई थप प्रभावकारी र अधिकार सम्पन्न बनाउन थप कर्मचारी, भौतिक पूर्वाधार तथा आवश्यक स्रोत साधनको व्यवस्था मिलाइने पनि बताइएको छ ।

प्रतिक्रिया