जसपाले बोलायो कार्यकारिणी समितिको बैठक


काठमाडौं – जनता समाजवादी पार्टी (जसपा)ले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

पार्टी विधान अधिवेशनको तयारी र असार ९ गतेको केन्द्रीय समितिको बैठकको एजेण्डा तय गर्न बैठक बोलाइएको हो ।

बैठक बिहीबार बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।

यस्तै आगामी केन्द्रीय समितिको बैठकको एजेण्डा तय गर्नुको साथै समसामयिक राजनीति विषयमा पनि छलफल गर्ने जनाइएको छ ।

प्रतिक्रिया