
बोर्डद्वारा एसइईको नतिजा सार्वजनिक गर्न चाहने संस्थाबाट आवेदन माग
काठमाडौँ – माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गर्न चाहने सङ्घ-संस्थाबाट आवेदन माग गरिएको छ ।
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसएमएस, आईभीआर वा वेबसाइटबाट नतिजा सार्वजनिक गर्न इच्छुक संस्थाहरूलाई असार १२ गतेभित्र आवेदन दिन भनेको हो ।
आवेदन दिने संस्था वा कम्पनीले आफूले जानकारी दिन चाहेको सेवाको विवरण खोल्नुपर्ने जनाइएको छ ।
एसएमएसबाट सूचना दिनका लागि ४० हजार, वेबसाइटबाट नतिजा प्रकाशनका लागि २० हजार, एसएमएस र वेबसाइट सेवाका लागि ६० हजार, एसएमएस, आइभीआर र वेबसाइट सेवाका लागि एक लाख रुपैयाँ राजश्व बुझाउनुपर्ने छ ।
बोर्डले परीक्षा प्रकाशित गरेपछि मात्रै नतिजा सम्बन्धी विवरण उनीहरूलाई प्रदान गरिनेछ र सोही आधारमा प्रकाशन गर्नुपर्नेछ ।



कागजपत्र |
