सुनको मूल्य घट्यो, आज तोलामा कति ?


काठमाडौँ – आज नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेर १ लाख ११ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो (मंगलबार) १ लाख ११ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज तेजाबी सुनको मूल्य १ लाख १० हजार ४५० रुपैयाँ कायम छ ।

यस्तैगरी, आज चाँदीको मूल्य ४५ रुपैयाँले घटेर १ हजार ३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया