२ विकेट गुमाएर नेपालले पार गर्यो एक सय रन


काठमाडौं – आईसीसी एकदिवसीय क्रिकेट विश्वकप छनोट प्रतियोगितामा अमेरिकाविरुद्धको दोस्रो खेलमा नेपालले एक सय रन पुरा गरेको छ । जीतका लागि २ सय ८ रन पछ्याइरहेको नेपालले २ विकेटको क्षतिमा सो स्कोर पार गरेको हो ।

नेपालका लागि भीम सार्की २८ तथा रोहित पौडेल १५ रन बनाएर खेलिरहेका छन् । यसअघि कुशल भुर्तेल र आसिफ शेख क्रमशः ३९ र १२ रन बनाएर आउट भएका थिए ।

प्रतिक्रिया