

नेपाललाई पहिलो झड्का

काठमाडौं – अमेरिकाले दिएको २०८ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले पहिलो झट्का ब्यहोरेको छ ।
नेपालका प्रारम्भिक ब्याट्सम्यान आशिफ शेख १२ रनमा आउट भएका छन् । उनलाई सौरभ नेत्राभाल्करले एलबीडब्लूमा आउट गरेका थिए ।
नेपालले अहिले ६ ओभरमा २६ रन बनाउँदा १ विकेट गुमाएर खेलिरहेको छ ।
अहिले कुशल भुर्तेल १२ रन र भीम सार्की शुन्य रनमा खेलिरहेका छन् ।

