

राष्ट्रपति पौडेलको मुटुको शल्यक्रिया गरियो

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलको मुटुको शल्यक्रिया गरिएको छ । मनमोहन कार्डियोथेरासिक भास्कुलर एण्ड ट्रान्सफलानट सेन्टरमा राष्ट्रपति पौडेलको मुटुको शल्यक्रिया गरिएको हो ।
राष्ट्रपति पौडेलको मंगलबार मुटुको शल्यक्रिया गरिएको राष्ट्रपतिका सञ्चारविज्ञ किरण पोखरेलले जानकारी दिए । अस्पतालका अनुसार बिहान मध्याह्न १२ बजेदेखि दिउँसो २ बजेसम्म लगाएर चिकित्सकहरूले शल्यक्रिया गरेका हुन्।
पोखरेलका अनुसार मुटुको शल्यक्रिया गरेर राष्ट्रपति पौडेललाई पेसमेकर राखिएको छ । पौडेलको मुटुको चाल सुधारउन्मुख नभएपछि मंगलबार चिकित्सकहरूले शल्यक्रिया गरेर पेस मेकर गरेका हुन् । मुटुमा समस्या देखिएपछि उनी शनिबार राति पौने २ बजे अस्पताल भर्ना भएका थिए ।
गत मंगलबार पौडेलले सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीमा पनि उपचार गराएका थिए । बाँसबारीमा एन्जिओप्लास्टी गरेर बन्द भएको मुटुको नशा खुलाइएको थियो।
मुटुकै समस्याका कारण राष्ट्रपति पौडेललाई उपचारका लागि भारतमा लगिएको थियो । तर उनको स्वास्थ्यमा उल्लेख्य सुधार हुन सकेको छैन।

