

अमेरिकाविरुद्ध नेपालले पहिले बलिङ गर्ने, सोमपालको स्थानमा ललित टिममा फर्किए

काठमाडौं – एकदिवसीय विश्वकप क्रिकेट छनोट अन्तर्गतको दोस्रो खेलमा नेपालले आज बलिङ गर्ने भएको छ ।
जिम्बाबेको हरारे मैदानमा हुन लागेको नेपाल र अमेरिकाबीचको खेलमा नेपालका कप्तान रोहित पौडेलले बलिङ गर्ने निर्णय गरेका छन् ।
दोस्रो प्रतियोगितामा नेपालका सोमपाल कामी टिमबाट बाहिरिएका छन् । औंलामा लागेको चोटका कारण उनले आगामी समूह चरणका तीनवटै खेल गुमाउने जनाइएको छ ।
उनको स्थानमा ललितनारायण राजवंशीले टिममा स्थान बनाएका छन् ।
नेपालको टिमः आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, भीम सार्की, रोहित पौडेल (कप्तान) , आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलसन झा, करण केसी, सन्दीप लामिछाने र ललितनारायण राजवंशी

