

पाकिस्तानको भाकर अदालतमा गोली चल्दा २ जना घाइते

पञ्जाब – पाकिस्तानको पञ्जाब प्रान्तको भाकर जिल्लास्थित अदालतमा सोमवार गोली चल्दा २ जना घाइते भएका छन् ।
अधिकारीहरूका अनुसार न्यायाधीश भक्कर कलोरकोटको इजलासमा गोली चलेको थियो । मुद्दाको सुनुवाइका क्रममा प्रतिद्वन्द्वी समूहमा २ जनाले गोली चलाएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार २ हतियारधारीलाई अदालतको हाताबाट नियन्त्रणमा लिइएको छ भने घाइतेहरूलाई अस्पताल पुर्याइएको एआरवाई न्युजले उल्लेख गरेको छ ।
पुरानो दुश्मनीका कारण घटना भएको प्रहरीको अनुमान छ । घटनाको अनुसन्धान भइरहेको छ ।

