डडेल्धुरामा जेसीबी दुर्घटनामा एकजनाको मृत्यु


डडेल्धुरा – डडेल्धुराको आलितालमा जेसीबी दुर्घटना भएको छ । दुर्घटनामा परि एकजनाको ज्यान गएको छ । आलिताल गाउँपालिका – ८ कुर्जेनीमा सु.प.प्र.०१.००१क १६८३ नम्बरको जेसीबी दुर्घटना भएको हो ।

दुर्घटनामा बझाङ घर भएका एकजनाको ज्यान गएको आलिताल प्रहरीले जनाएको छ । जेसीबी आलितालको गोदामबाट मेलगाजातर्फ जाँदै गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जेसीबी सडकबाट करिब ३० मिटर तल खसेको थियो ।

मृतकको पहिचान खुल्न सकेको छैन । दुर्घटनाको कारण पत्ता लागेको छैन ।

प्रतिक्रिया