
समाजवादी मोर्चाको घोषणासभामा गएनन् डा. बाबुराम भट्टराई
काठमाडौं – नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा। बाबुराम भट्टराई समाजवादी मोर्चा घोषणा कार्यक्रममा अनुपस्थित भएका छन्।
मोर्चामा भट्टराईलाई पनि सहभागी गराउने प्रयास भएको थियो। अन्तिम समयमा आफू हेपिएको महसुस गरेका भट्टराई मोर्चामा सहभागी हुन नगएका हुन् ।
समाजवादी मोर्चामा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी आबद्ध हुँदै छन्।
उनीहरूले मोर्चा घोषणाको कार्यक्रमलाई ‘ऐतिहासिक घोषणा सभा’ भनेका छन्। उक्त कार्यक्रम राष्ट्रियसभागृहमा काठमाडौंमा जारी छ ।



कागजपत्र |
