

प्रधानमन्त्री चढेको हेलिकोप्टर पाँचथरमा अवतरण गर्न सकेन

पाँचथर — बाढीग्रस्त क्षेत्रको अवलोकनका लागि गएको प्रधानमन्त्री पुष्पकमल दाहाल चढेको हेलिकोप्टर पाँचथरमा अवतरण हुन नसकेको जनाइएको छ ।
खराब मौसमका कारण हेलिकोप्टर अवतरण गर्न नसकेको जनाइएको छ ।
त्यसअघि प्रधानमन्त्रीसहितको टोली संखुवासभाको तुम्लिङटार पुगेको थियो ।
प्रधानमन्त्रीसहितको टोली पाँचथरमा ओर्लिन नसकेपछि ताप्लेजुङतर्फ लागेको जनाइएको छ ।

